यस्तो अवस्था कतिञ्जेल ?

    आम नेपालीले झेल्दै आएको भारतको आघोषित नाका बन्दि र मधेश आन्दोलनले आम नेपाली जनता पीडत भएको अवस्थामा सरकारको तर्फबाट उक्त कुरा समधान गर्न ठोस कुरा ल्याउन नसक्दा जनता झनै पिडिति बनेका     छन् ।  तराईमा आन्दोलनका नाममा असुरक्षाको बाढी पसेको छ । जिउँदै मान्छे जलाउने हर्कत हुन थालेका छन् । यो समस्याको समाधान न वार्ताबाटसकेको छ न सरकारले चाहिने जति सुरक्षा प्रबन्ध मिलाउन सकेको छ । मुलुक गम्भीर संकटमा छ ।
एकातिर देशभित्रको समस्या छ भने अर्को विदेशीले सिर्जना गरिदिएको समस्याले आगोमा घीउ थप्ने काम गरिरहेको छ । भारतको नाकाबन्दीसंगै यसको भित्री उद्देश्यको पर्दाफास बिस्तारै हुँदैगर्दा नेपाल नयाँ बंगलादेश बन्ने चिन्ता जागृत छ । मधेशवादीहरुको आन्दोलन आतंकमा परिणत हुन थालेको छ । आन्दोलनको उद्देश्य र गन्तव्य नै देशघाती भएपछि त्यसले कहिल्यै निकास दिंदैन । यति लामो समयसम्म आन्दोलन साम्य पारी निकास दिने प्रयास असफल हुनु कम रहस्यमय छैन ।
२००७ सालपछि यति लामो समयसम्म खुला रुपमा गरिएको आन्दोलन यो नै सबभन्दा लामो समयसम्मको होला । २०४६ सालको आन्दोलन एक महिनामा सकिएको थियो । कारण स्पष्ट छ त्यतिबेलाको माग सही थियो, देश र जनताको हितमा थिए । त्यसैले शासकहरु जनतासंग सम्झौता गर्न आइपुगे । शान्तिपूर्ण र जायज मार राखेर गरिएको भनिएको आन्दोलन यति लामो समय हुँदा पनि किन त्यसको छेउ–टुप्पे फेला पार्न सकिएन भन्ने गम्भीर विषय छ । यही विषय चारैतिर चासो र चिन्ताको रुपमा उब्जिएको छ । कुनै संकेत नै छैन । त्यसो भए यस्तै अवस्था कहिलेसम्म त ? आम नेपाली जनताको यो प्रश्न अनुत्तरित छ । त्यसैले त आन्दोलनलाई सहमतिका आधारमा टुंग्याएर जनजीवन सहज बनाउने कुनै संकेत नै छैन । त्यसो भए यस्तै अवस्था कहिलेसम्म त ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार